प्रदेश १ को वार्षिकोत्सव प्रचण्ड-नेपाल समूह र कांग्रेसद्वारा बहिष्कार

राम्रो अनलाइन     ०३ फागुन २०७७, सोमबार
प्रदेश १ को वार्षिकोत्सव प्रचण्ड-नेपाल समूह र कांग्रेसद्वारा बहिष्कार

प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले बहिष्कार गरेका छन् । मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा सो पक्षका नेता र प्रमुख प्रतिपक्षीका नेता अनुपस्थित भएका हुन् ।

यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक-पटक बोलावट भए पनि उनी अनुपस्थित रहे।

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका हुन् । 

प्रतिक्रिया