अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ (फोटो फिचर) 

राम्रो अनलाइन     १३ कात्तिक २०७९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ (फोटो फिचर) 

छठ पर्वको तेस्रो दिन आज श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् । आज बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले नदीको किनारमा जम्मा भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

सूर्यदेवकोे पूरा उपासनासँगै बर्तालुहरुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको विभिन्न परिकार तथा फलफूल, दूध, माटाको हात्ती, ढकनी, चढाएका छन् । यसो गर्नाले आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

छठ पर्वका अवसरमा झापाको मेचीनगर नगरपालिकास्थित नन्दा खोलामा आज साँझ  अस्ताउँदो सूर्यलाई अर्घ दिन, पूजाआजा गर्न छठका व्रतालुलाई तयार गरिएको पूजास्थल ।  

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित औरही खोलामा छठ पूजाका लागि  छठ घाटमा राखिएका पूजाका सामान । चारदिवसीय छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा आराधना गरिन्छ । 

छठी माताको पूजा आराधना गर्न जनकपुरधामको गङ्गासागर, छठ घाटमा राखिएका पूजाका सामान । 

पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा आइतबार छठ पूजाको तयारी गरिँदै । पूजास्थललाई गाईको गोबरले लिपेर शुद्ध बनाइनुका साथै  परिसरमा बत्ती र ध्वजापतकाले सिँगारिएको छ । भक्तजनले आज साँझ  अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । 


सुनसरीको इनरूवास्थित सुनसरी खोलामा छठ पूजाका लागि पूजास्थल सिँगारिँदै । आज बेलुका अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलामा छठी माताको पूजा आराधना गर्न भक्तजनले सिङ्गारेको  छठ घाट । 

काठमाडौँको गौरीघाटमा निर्माण गरिएको घाटमा छठी माताको पूजा आराधनाका गर्दै ब्रतालु । 

छठ पूजाको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरममा रहेको खोलामा आइतबार छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई छठी मातालाई पूजा आराधाना गरी प्रसाद अर्पण गर्दै ब्रतालुु महिला । 

 

प्रतिक्रिया