प्रेम दिवसका दिन महिला विशेष देखिन चाहन्छन्। सुन्दर देखिन चाहन्छन्। अनुहार मात्र नभई नङ पनि सुन्दर बनाउँदा महिला आकर्षक देखिन्छन्। नङमा विभिन्न डिजाइनका नेट आर्ट बनाएर नङ सुन्दर देखाउन सकिन्छ।
फ्लोरल प्रिन्ट
पहिला नङमा हलुका रङको नेल पोलिस लगाउने। यो बेस कलर हुनेछ। त्यसमाथि गाढा रङको पोलिसले फ्लोरल प्रिन्टको डिजाइन बनाउन सकिन्छ। डिजाइन आफ्नो इच्छाअनुसार सबै नङमा अथवा एउटै नङमा पनि बनाउन सकिन्छ। प्रणय दिवसमा नङमा गुलाबको फूलको डिजाइन बनाउन सकिन्छ।
पोल्का डट्स
पोल्का डट्सले नङको सुन्दरता बढाउनुको साथै महिलालाई स्टाइलिस देखिन मद्दत गर्छ। यसका लागि सबैभन्दा पहिला नङमा कुनै पनि रङको नेल पोलिस लगाउने। गुलाबी, सुन्तला, कालो रङ लगाउनु उपयुक्त हुनेछ। यसपछि टुथपिकको सहायताले स–साना डट्स बनाउने।