बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री साँझ रिहा भएकी छिन् । नागरिक समाज, विद्यार्थी लगायतको चर्को दबाबपछि उनी रिहा भएकी हुन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।
झाँक्रीलाई राष्ट्रपतिविरुद्ध बोलेको भन्दै प्रहरी हिरासतमा लिएको थियो ।