काठमाडौँ– नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमिति सभापतिमा सुरेन्द्र सिंह निर्वाचित भएका छन्।
शनिबार भएको मतदानको आइतबार राती प्राप्त मतपरिणामअनुसार संस्थापन पक्ष उम्मेदवार सिंह १ हजार ७५८ मतसहित निर्वाचित भएका हुन्। उनले संस्थापनइतर उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८० मतअन्तरले पराजित गरे। रायले १ हजार ३७८ मत ल्याए।
सर्लाहीमा विवादका कारण पटक पटक जिल्ला अधिवेशन गर्दै आएको थियो। यसअघि अघिल्लो शनिबार तोकिएको मतदानसमेत विवादका कारण प्रभावित भएको थियो।