वर्षा शिवाकोटीको ‘शिव अवतार’ 

राम्रो अनलाइन     १७ फागुन २०७८, मङ्गलबार
वर्षा शिवाकोटीको ‘शिव अवतार’ 

 

अभिनेत्री वर्षा शिवाकोटीले महाशिवरात्रिका अवसरमा शिवजीको रूप धारण गरिएको तस्बिर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन्।

क्याप्सनमा उनले ‘उहाँ सबै र सबथोक हुनुहुन्छ, उहाँ ब्रह्माण्ड हुनुहुन्छ’ लेखकी छन्। शरीरमा गाढा नीलो रङ, गलामा रुद्राक्षको माला र निधारमा त्रिनेत्र बनाएको उनको तस्बिरमा धेरैले कमेन्ट गरेका छन्। एकजना सोसल मिडिया प्रयोगकर्ताले त उनलाई ‘महिला शिव भगवान्’ समेत भनेका छन्।

प्रतिक्रिया