सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।
वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछ । त्यस्तै वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको हो ।
तर कतिपयले भने निर्वाचन हुनेमा आशंका व्यक्त गरिरहेका छन् ।
प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चमा अहिले सुनुवाइ भइरहेको छ । यस्तै सत्तारुढ नेकपाकै अर्को खेमा भने सडक विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको छ ।