प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे निर्वाचन आयोग जाने भएका छन् । निर्वाचन तयारीका विषयमा छलफल गर्न उनी आयोग जान लागेका हुन् ।
यस्तै ओलीले पार्टीको विवादका विषयमा पनि आयोगसमक्ष कुरा गर्ने बताइएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीले हिजो साँझ मात्रै आफू आयोग आउन लागेको जानकारी गराएको बताए। उनले प्रधानमन्त्रीलाई आयोगले नबोलाएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररे आगामी वैशाखमा मध्यावधि निर्वाचनको मिति तय गरेपछि नेकपा दुई भागमा विभाजन भएको छ।
दुई भागमा विभाजन भएसँगै नेकपा प्रचण्ड-माधव समूह र ओली दुबै समूहले आफू नै आधिकारिक पार्टी भएको दाबी गर्दै आएका छन् । प्रचण्ड माधव समूहले आधिकारिकता लागि महुमतको हस्ताक्षरसहित आयोगमा माग दाबी प्रस्तुत गरिसकेको छ ।