राष्ट्रपतिबाट संसद् बैठक आह्वान

राम्रो अनलाइन     १६ मंसिर २०७८, बिहिबार
राष्ट्रपतिबाट संसद् बैठक आह्वान


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 

प्रतिक्रिया