एमाले महाधिवेशनको बन्दसत्र सुरु, ओली हलभित्र छिरे

राम्रो अनलाइन     १२ मंसिर २०७८, आइतबार
एमाले महाधिवेशनको बन्दसत्र सुरु, ओली हलभित्र छिरे

 

चितवन– नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको दोस्रो दिन १० बजेबाट कार्यक्रम सुरु हुने भनिएपनि अहिले भर्खरबाट मात्रै सुरु भएको हो ।

अध्यक्ष केपी शर्मा ओली होटल सफारीबाट बन्दसत्रस्थलभित्र केहीबेर अघि मात्रै प्रवेश गरेका छन् । पार्टी नेतृत्व र पदाधिकारी सहमतिमा नै टुंगो लगाउनुपर्ने भन्दै नेताहरु आज दिनभरी छलफलमा व्यस्त भएपछि बन्दसत्र ढिलो गरि सुरु भएको हो ।

प्रतिक्रिया