‘सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ’

राम्रो अनलाइन     ०६ मंसिर २०७८, सोमबार
‘सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ’


कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । 

मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको चटारोले केही ढिलो भए पनि जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गरिने बताए । ‘गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको छ’, उनले भने । 

यही मङ्सिर १४ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले यही मङ्सिर २ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ । सत्ता गठबन्धन दलमा १२ प्रदेशसभा सदस्य भएको नेकपा (माओवादी केन्द्र) ले चार मन्त्री, तीन प्रदेशसभा सदस्य भएको नेकपा (एकीकृत समाजवादी) ले तीन तथा ६ प्रदेशसभा सदस्य भएको नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्री पाउनुपर्ने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया