नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित ७ दिनभित्र उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।
यसअघि शर्माकै इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलना मुद्दामा पनि सोही प्रकृतिको आदेश जारी गरेको थियो ।
प्रचण्डले शुक्रबार विराटनगरबाट प्रतिनिधिसभा अदालतले पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने बताएका थिए । त्यसपछि अधिवक्ता समीर हायुले उनीविरुद्ध रिट दायर गरेका थिए ।