काठमाडौं : एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले नराम्रो काममात्रै गरेको आरोप लगाएका छन् । अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काम मात्र गरेको ओलीको आरोप छ ।
गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ुकम्युनिस्ट सरकार ढाल्नुपर्छ । यसले विकास गर्यो भने प्रतिगमन हुन्छ भनेर अदालतको परमादेशबाट हटाइयो । हिम्मत छ जनादेशमा जान रु यो परमादेशको सरकार हो । जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन । त्यसकारण चुनाव भनेपछि थरर्र काँप्छन्ु, उनले भने ।
ओलीले चुनाव टारेर बनाएको सरकारको हविगत देखिएको उल्लेख गरे । ुसरकारको हविगत हेर्नुस् त दुई महिना बित्यो सरकार बनेन । मन्त्रिपरिषद् विस्तार भएन । दुई महिनादेखि तिनै चार जनाले र्याइँर्याइँ घुमाएका छन् । यो दुई महिना राम्रो केही गरेनन् । नराम्रो मात्रै गर्यो । पहिला सरकार बनाउन हाम्रो पार्टी फुटाइयोु, ओलीले भने ।