एकीकृत समाजवादीमा सनाखतको माग गर्दै सांसद् पाण्डे र भट्ट सर्वोच्चमा

राम्रो अनलाइन     २३ भदौ २०७८, बुधबार
एकीकृत समाजवादीमा सनाखतको माग गर्दै सांसद् पाण्डे र भट्ट सर्वोच्चमा

काठमाडौं : नेकपा एमालेका दुई जना सांसदले नेकपा ९एकीकृत समाजवादी० पार्टीमा आफू रहेको र सोही पार्टीमा सनाखत गर्न माग गर्दै आज रिट दर्ता गराएका छन् । 

पाल्पा क्षेत्र नं।( २ बाट निर्वाचित सांसद सोमप्रसाद पाण्डे र कैलालीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित शारदा भट्टले एकीकृत समाजवादी पार्टीमा सनाखतको माग गर्दै आज रिट दायर गरेका हुन् । 

उनीहरूले एमाले छाडेर आफूहरू एकीकृत समाजवादीमा गएकाले निर्वाचन आयोग, संसदीय संसद्, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । 
दुवैले आफूहरूले एमाले परित्याग गरेर नेकपा ९एस० रोजे पनि आयोगले सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् । 

सांसद पाण्डे र भट्टले एमालेको अभिलेखबाट आफूहरूलाई हटाउन र एकीकृत समाजवादीको अभिलेखमा राख्न  अन्तरिम आदेश माग गरेका हुन् । पाण्डे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । 

उनीहरूले गत ९ भदौमा एकीकृत समाजवादी दल दर्तामा रहेको प्रक्रियामा सनाखतका लागि आयोगमा उपस्थित हुँदा पनि सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् । विधिवत् रूपमा सनाखतका लागि निवदेन दिएर आयोगमा उपस्थित हुँदा पनि आयोगले सनाखत नगरेको रिटमा भनिएको छ । 

रिटमा भनिएको छ, ‘हामी निवेदकलाई विधिवत सनाखत गराई एकीकृत समाजवादीको अभिलेखमा जनाउनुपर्नेमा विपक्षी आयोगले सो नगरी हालसम्म पनि हाम्रो नाम एमालेको अभिलेखमा जनाइरहेको रहेछ ।’

प्रतिक्रिया