१७ प्रदेश सांसदले रोजे लोकतान्त्रिक समाजवादी पार्टी 

राम्रो अनलाइन     २२ भदौ २०७८, मङ्गलबार
१७ प्रदेश सांसदले रोजे लोकतान्त्रिक समाजवादी पार्टी 

काठमाडौं– जनता समाजवादी पार्टीका १७ जना प्रदेश सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

दल रोज्न दिएको समय बुधबारसम्म प्रदेश २ का १६ र सुदूरपश्चिमका एक जना गरी १७ प्रदेशसभा सदस्यले लोसपा रोजेका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिमध्ये लोसपा रोज्ने धेरै जनप्रतिनिधि महोत्तरी जिल्लाका छन् । महोत्तरीबाट २५८ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् ।

त्यस्तै बाराका १३८, सर्लाहीबाट १३७, धनुषाबाट १०९, सप्तरीबाट ९६, रौतहटबाट ८८, रुपन्देहीबाट २०, सिरहाबाट १२, पर्साबाट २८ र कपिलवस्तुबाट १ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

दल विभाजनलाई सहज हुने गरी सरकारले अध्यादेश ल्याएपछि विभाजित भएको दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ सम्मको समय दिइएको थियो ।

यसअघि नै संघीय संसदका रेशम चौधरीसहित १५ सांसद र १७ कार्यकारिणी सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोजिसकेका छन् ।

प्रतिक्रिया