आँखाको रक्षक सनग्लास 

राम्रो अनलाइन     १६ माघ २०७७, शुक्रबार
आँखाको रक्षक सनग्लास 

सनग्लास अर्थात् कालो चस्मा फेसनेबल देखिनमात्र होइन, गर्मीमा आँखाको सुरक्षाका लागि पनि आवश्यक छ । गर्मीमा नभई नहुने चिज हो– कालो चस्मा । 

कामकाजी महिलाले घाम–पानी भन्न पाउँदैनन् । चर्को घाममा पनि अफिस पुग्नैप¥यो । यस्तो बेला आँखामा चस्मा भएन भने के हाल हुन्छ ? सूर्यका हानिकारक किरणबाट आँखालाई जोगाउन सनग्लास अत्यावश्यक छ । चस्मा नलगाई घाममा हिँड्दा आँखा पोल्ने, रातो हुने, आँशु आउने, रिंगटा लाग्नेजस्ता समस्या आउन सक्छन् । आँखा खुम्च्याएर हेर्ने बानी पनि बस्न सक्छ, जसले आँखाको तलतिर धर्साहरू बसेर अनुहारको सौन्दर्य नै बिगार्ने डर हुन्छ । 

यसै पनि गर्मीमा सनग्लास प्रयोग गर्ने फेसन चल्छ । तर, यो फेसनमात्रै होइन, आवश्यकता बन्न पुग्छ । अझहिजो बजारमा विभिन्न भेराइटीका सनग्लास पाइन्छन् । सय रुपैयाँ पर्ने सस्तो चस्मादेखि ३० हजार रुपैयाँ पर्ने ब्रान्डेड चस्मासम्म बजारमा उपलब्ध छन् । घाममा प्रयोग गर्ने चस्माहरू विभिन्न गुणस्तरका हुन्छन् । 

फोटोक्रोमेटिक लेन्स सनग्लासमा प्रयोग हुन्छ । यो घाम र छायामा धेरैपटक ओहोरदोहोर गर्नेका लागि उपयुक्त हुन्छ । 

पहिले एउटै रङमा मात्र सनग्लास पाइन्थ्यो । हाल आएर डबल सेडवाला चस्मा फेसनमा रहेको छ । यसमा एउटा सेड लाइट र अर्को सेड डार्क हुने गर्छ । यस्तै, गाढा हरियो, हल्का हरियो, रातो, मरुन आदि कलरका सनग्लासको माग पनि बलियो छ । चस्माका लागि कालो सदाबहार रङ भएको छ । हिजोआज मेटल सनग्लासहरू कम प्रयोग हुन थालेका छन् । प्लास्टिक या फाइबरका चस्मा बढी चल्तीमा छन् । प्लास्टिकका चस्मा हलुका पनि हुन्छन् । 
 

प्रतिक्रिया