जाडोमा यसरी गरौं हातको हेरचाह

राम्रो अनलाइन     १३ माघ २०७७, मङ्गलबार
जाडोमा यसरी गरौं हातको हेरचाह

चिसो मौसममा हात फुट्ने, खस्रो हुनेलगायत समस्या आउँछन्। जाडो याममा हातको हेरचाह यसरी गर्न सकिन्छः 

पञ्जा लगाउनुपर्छ 

जाडोमा पञ्जाले तपाईंको हातलाई न्यानो मात्र प्रदान गर्दैन, हातको छालालाई सुक्खा हुनबाट पनि जोगाउँछ। घरबाट बाहिर निक्लँदा पञ्जा लगाउने गर्नुपर्छ। शुष्क हावाले हातको त्वचालाई नोक्सान पुर्‍याउँछ र हात फुट्छ। पञ्जाले यो समस्याबाट मुक्ति दिन्छ। 

म्वइस्चराइजरयुक्त साबुनको प्रयोग  

हात धुन प्रयोग गरिने एन्टी–ब्याक्टेरियल साबुन कठोर खालको हुन्छ, जसले हातलाई सुक्खा बनाउँछ। जाडोमा म्वइस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ। यसले कीटाणु त मार्छ नै, हातलाई नरम पनि बनाउँछ। सर्दीमा हात धुनका निम्ति जैतुनको तेल र एलोभेरायुक्त साबुन उत्तम हुन्छ। 

गुणस्तरीय ह्यान्ड क्रिम लगाउनुपर्छ 

हातमा लगाउने क्रिम अर्थात् ह्यान्ड क्रिम किन्दा यसको गुणस्तरमा ध्यान दिनुपर्छ। गुणस्तरीय ह्यान्ड क्रिमले हातलाई नरम बनाउँछ। घटिया खालको क्रिम पर्‍यो भने हात फुट्छ। राति राम्रो क्वालिटीको ह्यान्ड क्रिमले हातलाई मसाज गर्नुपर्छ। त्यस्तै,  नङको पनि हेक्का राख्नुपर्छ। सर्दीमा नङ पनि सुक्खा हुन्छ। ह्यान्ड क्रिम लगाउँदा नङमा पनि लगाउनुपर्छ। यसले नङलाई चम्किलो पनि बनाउँछ। 

स्क्रब गर्नुपर्छ 

चिनी र बेसनको मिश्रण बनाएर हातलाई स्क्रब गर्नुपर्छ। जाडो याममा यसो गर्दा हात सफा, सुन्दर र नरम हुन्छ।

प्रतिक्रिया