जाडोमा लाभकारी अमला

राम्रो अनलाइन     १३ माघ २०७७, मङ्गलबार
जाडोमा लाभकारी अमला

अमलामा भिटामिस सी, आइरन र क्याल्सियम भरपूर पाइन्छन्। जाडो याममा सक्खरसँग अमला खाँदा शरीरले ऊर्जा प्राप्त गर्छ।

–अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ। जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। चिसोमा हुने रुघाखोकीलगायत समस्याबाट राहत दिलाउँछ।

–मुटुको रोगीका लागि पनि अमला लाभकारी छ। मुटुसम्बन्धी समस्या भएकाले जाडोमा अमला खानु राम्रो हुन्छ। 

–छाला सफा र सुन्दर बनाउन अमला प्रभावकारी छ। यसमा पाइने भिटामिन सीले अनुहारको छाला कसिलो बनाउँछ। छाला चाउरिन दिँदैन। अनुहार चम्किलो बनाउँछ।

प्रतिक्रिया