बाढीका कारण मेलम्ची बजारमा फसेका मानिसको उद्धारमा खटियो सेना

राम्रो अनलाइन     ०२ असार २०७८, बुधबार
बाढीका कारण मेलम्ची बजारमा फसेका मानिसको  उद्धारमा खटियो सेना

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।

उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ‘टाढाबाट हेर्दा घरको छतमा चार जना देखिन्छन्, उद्धारको लागि उनीहरुले हारगुहार गरेको देखिन्छ,’ पौडेलले भने, ‘त्यहाँको परिस्थिति हेरेर सेनाको टोलीले उद्धार गर्छ ।’

पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया