कहिलेकाहीँ बालबालिकाहातखुट्टा, जीउ दुखेको गुनासो गर्छन्। त्यो दुखाइको कारण पत्ता लगाउन आमाबुबालाई हम्मेहम्मे पर्छ। प्रायः तीनदेखि १२ वर्षसम्मका बालबालिकालाई हुने दुखाइको कारण ‘ग्रोइङ पेन’ हुन सक्छ।शारीरिक विकासका क्रममा मांसपेशीमा हुने दुखाइ नै ‘ग्रोइङ पेन’ हो। केही घरेलु उपाय अपनाएर छोराछोरीलाई दुखाइबाट राहत दिलाउन सकिन्छ।
स्ट्रेचिङ
हातखुट्टामा हुने दुखाइलाई कम गर्न बालबालिकालाई स्ट्रेचिङ गराउन सकिन्छ। स्ट्रेचिङ गर्दा तन्किएका नसाले आराम पाउँछन्। बच्चाले दुखाइ कम भएको महसुस गर्न सक्छन्। दिनहुँ केही बेर स्ट्रेचिङ र एक्सरसाइज गराइयो भने बच्चाले दुखेको समस्याबाट राहत पाउनेछन्। साथै, बच्चालाई साइकल चलाउन, उफ्रिन, खेल्न दिनुपर्छ। यसो गर्दा उनीहरूको शारीरिक विकास शीघ्र र राम्ररी हुन्छ।
मसाज
शारीरिक विकासका क्रममा हुने दुखाइलाई कम गर्न मसाज उपयोगी छ। दुखेको भागमा हलुका हातले मसाज गर्नुपर्छ। मसाज गर्दा मांसपेशीले आराम पाउँछन् र पीडा कम भएको महसुस हुन्छ। मसाज गर्दा कुनै पनि तेल प्रयोग गर्न सकिन्छ।
भिटामिन डी र म्याग्नेसियम
‘भिटामिन डी’ शरीरका लागि आवश्यक छ। विशेष गरी हड्डीका लागि। भिटामिन डीयुक्त आहारले शरीर स्वस्थ र हड्डी बलियो बन्छ। दुखाइबाट पनि छुटकारा पाउन सकिन्छ। हड्डी बलियो बनाउन म्याग्नेसियमको पनि महŒवपूर्ण भूमिका हुन्छ। बालबालिकालाई भिटामिन डी र म्याग्नेसियम प्रशस्त मात्रामा भएका खानेकुरा खुवाउनुपर्छ। अण्डा, च्याउ, पालुंगो, काजु, बदामलगायत खानेकुरामा यी तŒव पाइन्छन्।
सेकताप
दुखाइमा सेकताप पनि प्रभावकारी हुन्छ। तातो सेकाइले बच्चालाई दुखाइमा फाइदा पुर्याउँछ।