एमाले कर्णाली संसदीयदलका बैठकमा चार सदस्य अनुपस्थित

राम्रो अनलाइन     ०१ असार २०७८, मङ्गलबार
एमाले कर्णाली संसदीयदलका बैठकमा चार सदस्य अनुपस्थित

सुर्खेत, १ असार : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् । 

 प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने  कार्यसूची  छ ।  आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उहाँहरुलाई पत्राचार गरिएको बताइएको छ  । संसदीय दलका  बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै  सदस्य  अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।  

प्रतिक्रिया