प्रतिनिधिसभा विघटनविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, दर्जनौँ पक्राउ

राम्रो अनलाइन     १२ माघ २०७७, सोमबार
प्रतिनिधिसभा विघटनविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, दर्जनौँ पक्राउ

प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने मानवअधिकारकर्मीहरू पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उनीहरूले सोमबार प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राज्य संयन्त्रको दुरुपयोग गरेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित दुई दर्जन बढी अधिकारकर्मी पक्राउ परेका छन् । 

अहिले उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रतिक्रिया