गण्डकी मन्त्रीपरिषद्को बैठक : पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

राम्रो अनलाइन     ३० जेठ २०७८, आइतबार
गण्डकी मन्त्रीपरिषद्को बैठक : पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

गण्डकी, ३० जेठ : गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए । 
 

प्रतिक्रिया