प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह गरेका छन् । ४९ वर्षीय राईले २३ वर्षीया जाङ्मु शेर्पासँग आइतबार विवाह गरेका हुन् ।
राजधानी काठमाडौँको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर राई बेहुली लिन पुगेका हुन् । उनीहरू परम्परागत भेषमा देखिएका छन् ।
भोजपुर घर भएका मुख्यमन्त्री राई संघीय सरकारको सञ्चार तथा प्रविधिमन्त्री समेत भइसकेका छन् । त्यस्तै बेहुली जाङ्मुको पुख्र्यौली घर संखुवासभा हो । पछिल्लो समय उनी काठमाडौँ बस्दै आएकी थिइन् । उनका आमाबुवा भने अमेरिकामा बस्दै आएका छन् ।
मुख्यमन्त्री राईले प्रदेश १ को नामाकरणपछि विवाह गर्ने बताउँदै आएका थिए ।



