कास्की काँग्रेसद्वारा छुट्टै एम्बुलेन्स सञ्चालन 

राम्रो अनलाइन     ०१ जेठ २०७८, शनिबार
कास्की काँग्रेसद्वारा छुट्टै एम्बुलेन्स सञ्चालन 

पोखरा, १ जेठ :  नेपाली काँग्रेस कास्कीले आजदेखि कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । 

पोखराको चाउथेबाट आज साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलका प्रबन्ध निर्देशक एवं  कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई  फोर्स गाडी उपलब्ध गराएका छन् । उनले गाडीको साँचो  काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरे ।

एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय गर्न सक्ने जनाइएको छ । 
 

प्रतिक्रिया