१८ हजार ५४८ नमुना परीक्षण गर्दा ८,१६७ संक्रमित, मृयु १८७

उपत्यकामा थपिए २,९३७ जना संक्रमित
राम्रो अनलाइन     ०१ जेठ २०७८, शनिबार
१८ हजार ५४८ नमुना परीक्षण गर्दा ८,१६७ संक्रमित, मृयु १८७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा थपिए २,९३७ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ९३७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार १४६, ललितपुरका ४४४ र भक्तपुरका ३४७ जना छन् ।

यस्तै बाँकेमा ५०५, रुपन्देहीमा ४९५, कैलालीमा ४४३, मोरङमा ३५४, बर्दियामा २७८, दाङमा २७५, मकवानपुर १९८, सुर्खेतमा १८५ तथा कञ्चनपुरमा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा १७३, धनुषामा ११८, पर्सामा १०४, म्याग्दीमा १०३, सुनसरीमा ९९, तनहुँमा ८०, नुवाकोटमा ७९, काभ्रेमा ७० तथा दैलेखमा ७८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी महोत्तरीमा थप ७१, डोटीमा ६२, गोरखामा ५९, सप्तरीमा  र रामेछापमा ५८/५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया