नायिका स्वेताका श्रीमानकोे कोरोनाका कारण निधन

राम्रो अनलाइन     २९ वैशाख २०७८, बुधबार
नायिका स्वेताका श्रीमानकोे कोरोनाका कारण निधन

चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी नायिका स्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा निधन भएको हो ।

उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको छ । शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार ३ बजे निधन भएको हो ।

मिलन र स्वेताले ७ बर्ष अगाडि लभ म्यारिज गरेका थिए । उनीहरुको एक सन्तान पनि छन् । चलचित्रमा काम गर्दा गर्दै बैबाहिक जीवनमा बाँधिएपछि स्वेता चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन् ।

मिलनलाई सामाजिक संजालमा चलचित्रकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रतिक्रिया