उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले माओवादी केन्द्रीय कार्यालयमा आगो लगाए

राम्रो अनलाइन     २४ भदौ २०८२, मङ्गलबार
उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले माओवादी केन्द्रीय कार्यालयमा आगो लगाए

काठमाडौं–नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

प्रतिक्रिया