रुपन्देही– रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनामुक्त मागसम्बन्धी निवेदनमाथिको बहस सकिएको छ ।
यसअघि मंगलबार र बुधबार आफैँले स्थगित गराएको सुनुवाइ आज न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा पेशी चढेको थियो ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।
उनको निवेदनउपर बहस सकिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए । उनका अनुसार आदेश आजै आउनेछ ।