२२ वर्षकी सुदिना डेन्टल सर्जरीकी विद्यार्थी हुन् । ‘काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिसिन्स’ बाट डेन्टल सर्जरी गरिरहेकी उनी नृत्यङ्गना साथै योगा प्रशिक्षक तथा भिजे समेत हुन् । उनी मिस नेपालमा नेपाली महिलाहरूको सशक्तिकरण र आफ्नो प्रतिभालाई आत्मासाथका मेहेनत गरी प्रस्तुत गर्न सहभागी भएकी हुन् । ‘सर्वप्रथम म आफ्नो सपनाको लागि मिस नेपालमा सहभागी भएकी छु, यसबाहेक पनि मेरा अरु सपनाहरु छन्’ उनी भन्छिन्, ‘म मिस नेपाल प्ल्याटर्फममार्फत महिला सशक्तिकरणका लागि निरन्तर काम गर्न चाहान्छु । यससँगै म विज्ञानमार्फत निको पार्न सक्ने, डान्स वा योग मार्फत र मिडियामार्फत प्रभावकारी ढंगले संवाद गर्न सक्ने व्यक्तिका रूपमा म यो मञ्चलाई प्रयोग गर्न चाहान्छु । मलाई यो विश्वास छ कि यस मञ्चले मेरो उद्देश्यलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न मद्दत पुर्याउनेछ ।’


