मिस नेपाल इन्टरनेशनल २०२५ का प्रतियोगीलाई स्यास वितरण

राम्रो अनलाइन     २२ साउन २०८२, बिहिबार
मिस नेपाल इन्टरनेशनल २०२५ का प्रतियोगीलाई स्यास वितरण

काठमाडौँ–मिस नेपाल इन्टरनेशनल २०२५ का प्रतियोगीहरूलाई स्यास वितरण कार्यक्रम सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगीतामा टप २५ प्रतियोगीहरू क्रमशः प्रिया कुमारी, पेम्बा लामा, नन्दिनी शर्मा, इरू न्यौपाने, रुष्मा श्रेष्ठ, लिली राई , सुधीर यादव, अन्जु श्रेष्ठ, सुबीन अली, भद्रकला, रविना लामा,  सोनम शाह, शर्मीला थापा, उषा घिमिरे, ज्योती राणा, निरुता राई , सोभु पुन, निर्रजन सिङ्ग, सुमित्रा श्रेष्ठ, सन्जिता तामाङ्ग, प्रबिन कला राई, टिका देवी शिवाकोटी, प्रमिला न्यौपाने, दिपीका लम्साल, मोनिका राजोपाध्याय लाई अफिसियल  टिमले स्यास लगाइदिएका थिए। तीन वटा अडिसन मार्फत बिभिन्न ठाउँबाट आएका ३०० प्रतियोगीमध्ये २५ जना छनोट गरिएको छ । 

प्रतियोगितामा विवाहित, अविवाहित, एकल, बिधवा, पारपाचुके महिलाले सहभागिता जनाएका छन् । सम्भवतः यस खालको सौन्दर्य प्रतियोगिता नेपालको पहिलो रहेको आयोजक बिशाल गुरुङ्गले बताए।

अहिले प्रतीयोगीहरुलाई अफिसियल कोरियोग्राफरले ब्यवसायिक प्रशिक्षण दिइरहेको प्रतियोगिताको  भदौ १४ गते ग्राण्ड फिनाले हुने भएको छ । मिस नेपाल इन्टरनेशनल बिजेताहरुले  अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया