‘मेन्टल हेल्थ इन्भेष्टिगेसन एन्ड चाइल्ड हुड मेन्टल हेल्थ’ विषयमा स्नातक उतिर्ण गरेकी स्वातीको छुट्टै नेपाल परिकल्पना रहेको छ । उनी मिस नेपालमा यसकारण सहभागी भएकी हुन् किनभने यो प्लेटफर्म उनका लागि प्रतिनिधित्व र जिम्मेवारीको संयोजन हो। मनोविज्ञानमा स्नातक र मानसिक स्वास्थ्य अभियान्ता भएर, उनी नेपालको भावनात्मक स्वास्थ्यसम्बन्धी कलंकलाई तोड्न चाहन्छिन्। बाल्यकालमा दुव्र्यवहार र घरेलु हिंसाको अनुभव गरेकी उनले यस विषयमा जागर ल्याउन चाहन्छिन्। मिस नेपालले उनलाई आफ्नो पीडालाई उद्देश्यमा परिवर्तन गर्ने र आशाबाट निको पार्ने अवसर दिएको छ। यस क्षेत्रमा तालिम प्राप्त भएकाले, उनी यस्तो नेपाल निर्माण गर्न चाहन्छिन् जहाँ भावनात्मक समस्याहरूसँग लाजले होइन, सहयोगले व्यवहार गरियोस्। साथै, उनी मानसिक स्वास्थ्यका विषयहरूलाई सामान्य बनाउने कार्यमा क्रियाशील हुन चाहन्छिन् । उनको मान्यता छ, सशक्त मनहरूले मात्र सशक्त समाज निर्माण गर्न सक्छन्।

