कोभिड–१९ कहर : ४४ जिल्लामा निषेधाज्ञा (नामावलीसहित)

राम्रो अनलाइन     २२ वैशाख २०७८, बुधबार
कोभिड–१९ कहर : ४४ जिल्लामा निषेधाज्ञा (नामावलीसहित)

काठमाडौं । कोभिडँ–१९को कहर बजेसँगै सरकारले क्रइटएरिया बनाएर निषेधाज्ञा गर्न सक्ने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

मन्त्रिपरिषद्ले हिमाली र पहाडी जिल्लामा सक्रिय संक्रमित दुई र तराईमा सक्रिय संक्रमित पाँच सय भएमा निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको छ । त्यही अनुरुप अहिलेसम्म क्राइटएरिया मिट गरेका ४४ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र आंशिक निषेधाज्ञा जारी गरिरहेका छन् ।

अहिलेम्म ४४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सवारीसाधन चल्न दिइएको छैन भने बजार, पसल, उद्योगधन्दा बन्द छन् ।

यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला 
महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ, वैतडी, नुवाकोट, धनुषा ।

प्रतिक्रिया