लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य

राम्रो अनलाइन     १९ वैशाख २०७८, आइतबार
लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य भएको छ ।  मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश गरेका थिए ।

अधिवेशनको औचित्य समाप्त भई  आज अधिवेशन अन्त्य भएको प्रदेश सरकारले जनाएको छ ।  लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिए ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३ (३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री  पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ । 
 

प्रतिक्रिया