धनगढी । कैलालीमा कोभिड १९ संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
कलेजो र मृगौलाको समस्याले ग्रसित भएपछि हिजो अस्पताल भर्ना भएकी उनको आज पीसीआर परीक्षण गराउँदा संक्रमण देखिएको थियो ।
जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभामा एमालेबाट संविधान सभा सदस्य बनेकी थिइन् ।