ओली सरकार छिट्टै ढल्ने प्रचण्डको दावी 

राम्रो अनलाइन     ०८ माघ २०८१, मङ्गलबार
ओली सरकार छिट्टै ढल्ने प्रचण्डको दावी 


काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकार छिटै ढल्ने दावी गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकार नभएको स्पष्ट पार्दै उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाए । 

ओली  नेतृत्वको सरकार बने देखिनै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाई थियो ।

प्रतिक्रिया