तीन सांसदद्वारा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता

राम्रो अनलाइन     ०६ माघ २०७७, मङ्गलबार
तीन सांसदद्वारा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद्ले हस्ताक्षर फिर्ता लिएका छन् । सोमबार प्रदेशसभा सचिविलयलाई निवेदन लेख्दै सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद्ले आफ्नै पार्टीको सरकारलाई अविश्वास दर्ता गर्न उपयुक्त नभएको भन्दै झापाबाट निर्वाचित जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराएका हुन् ।

‘नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौँ’, निवेदनमा लेखिएको छ, ‘तसर्थ, उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको व्यवहोरा सामूहिक निवेदन मार्फत् अनुरोध गर्दछौँ ।’

यसअघि केन्द्रमा पार्टी विभाजनको दिशामा पुगेपछि पुस १२ गते प्रदेशसभा प्रचण्ड–माधव समूहका सांसद्ले प्रदेश १ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
 

प्रतिक्रिया