राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए बधाई

राम्रो अनलाइन     २१ कात्तिक २०८१, बुधबार
राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए बधाई

 

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् ।

राष्ट्रपति पौडेलले ट्रम्पको नेतृत्वमा विश्व शान्ति कायम होस् भन्ने सन्देश पनि दिएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले बताए । अमेरिकाको राष्ट्रपतिका लागि मङ्गलवार  निर्वाचनको नतिजा बुधवार सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया