सत्य वचन

एजेन्सी     ०७ वैशाख २०७८, मङ्गलबार
सत्य वचन

जीवन वास्तवमा सरल छ तर हामी यसलाई जटिल बनाउन लागिपरेका हुन्छौँ । 
–कन्फ्युसियस 

इमानदारी विनाको ज्ञान कमजोर र व्यर्थ हुन्छ, ज्ञान विनाको इमानदारी खतरनाक र भयानक हुन्छ । 
–स्याम्युएल  जोन्सन

अँध्यारोले अँध्यारो धपाउन सक्दैन, प्रकाशले सक्छ । घृणाले घृणा धपाउन सक्दैन, प्रेमले सक्छ । 
–मार्टिन लुथर किङ, जेआर 

प्रेमद्वारा उत्प्रेरित र ज्ञानद्वारा निर्देशित जीवन नै असल जीवन हो । 
–बर्ट«्यान्ड रसेल 

मायालु महिलालाई केन्द्र बनाएर मात्र एउटा परिवार विकसित हुन सक्छ । 
–फ्रेडरिक स्लेगेल 

लैंगिक समानता त्यस्तो समाजमा हुनेछ, जहाँ ‘लिंग’ भन्ने शब्द नै हुनेछैन । 
–ग्लोरिया स्टाइनेम 

तपाईंका कामले अरूलाई अधिक सपना देख्न, अधिक सिक्न, अधिक गर्न र अधिक बन्न प्रेरित गर्छ भने तपाईं नेता हो । 
–जोन क्विन्सी एडम्स 

आमाको हृदय बच्चाको कक्षाकोठा हो । 
–हेनरी वार्ड बिचेर
सफलतामा रमाउनुपर्छ तर असफलताका पाठलाई बिर्सनु हुँदैन । 
–बिल गेट्स 
पैसाबाहेक अरू केही नकमाउने व्यापार तुच्छ व्यापार हो । 
–हेनरी फोर्ड 

प्रतिक्रिया