काठमाडौं – श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । श्रीलंकाका नवौं राष्ट्रपतिका रुपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञान विषयमा डिग्री हासिल गरेका छन् । उनी स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आबद्ध भएका थिए । शपथपछि देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति दिशानायकेले सत्ता हस्तान्तरणका क्रममा सराहनीय उदाहरण स्थापित गरेकोमा निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेप्रति अभार व्यक्त गरे । साथै आफ्नो कार्यकालमा लोकतान्त्रिक मूल्य मान्यता कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।