सरकार लकडाउन गर्ने पक्षमा छैन

राम्रो अनलाइन     ०१ वैशाख २०७८, बुधबार
सरकार लकडाउन गर्ने पक्षमा छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् । 

नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए । 

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।  

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताए । 

प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया