विमान दुर्घटनामा मृत्यु भएकाको शव शिक्षण अस्पतालमा, क्याप्टेनको केएमसीमा उपचार जारी

राम्रो अनलाइन     ०९ साउन २०८१, बुधबार
विमान दुर्घटनामा मृत्यु भएकाको शव शिक्षण अस्पतालमा, क्याप्टेनको केएमसीमा उपचार जारी

 

काठमाडाैं – सौर्य जहाज दुर्घटनाग्रस्त हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाइलट मनिस शाक्यको मात्र उद्धार गरेर काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ। 

बाँकीको शव निकालिएको घटनास्थलमा उद्धारमा खटिएका उद्धार टोलीका संयोजक नारायण बहादुर रावतले  जानकारी दिए।उनकाअनुसार मृत्यु हुनेमा एक ५ वर्षीय बच्चा पनि छन्। तर उनको परिचयका विषयमा अहिले जानकारी लिने काम भइरहेको छ। 

बधुबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनको जहाज काठमाडौँबाट पोखराका लागि उडेको थियो। 

उडेको केही समयमै जहाजमा समस्या देखिएको थियो। जहाजमा समस्या देखिएपछि जहाँज सिधैं विमानस्थल नजिकै बाहिरी जमिनमा दुर्घटनाग्रस्त भएको थियो।

प्रतिक्रिया