मनसुनयता बाढीपहिरामा परी १३३ को मृत्यु 

राम्रो अनलाइन     ०८ साउन २०८१, मङ्गलबार
मनसुनयता बाढीपहिरामा परी १३३ को मृत्यु 


काठमाडौँ– मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । 

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए। 

उहाँका अनुसार काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उद्धार गरिएको छ । बाढीपहिरामा परी सात जना बेपत्ता रहेको जनाइएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएका छन् । 

प्रतिक्रिया