समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता : नेता केसी

राम्रो अनलाइन     १९ असार २०८१, बुधबार
समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता : नेता केसी

 

धनुषा – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताएका छन्। बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् । 

उनले ०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउने बताए । उनले दुर्भाग्यपूर्ण स्थिति आउन नदिन संविधान संशोधन गर्ने र निकास दिनेतिर सोच्नुपर्ने आवश्यकता रहेको जिकिर गरे।

नेता केसीले नेपाली कांग्रेस र नेकपा९एमाले०का बिचमा भएको पछिल्लो सहमतीले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताए।  उनले आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामूहिक मिसनको रुपमा लिएर जानुपर्ने बताए । उनले सरकार परिवर्तन केवल मन्त्री बनाउनका लागि मात्रै नभई जनतामा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नेगरी हुनुपर्ने बताए।

नेता केसीले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै गर्दा संसदको प्रतिपक्ष भूमिका कमजोर हुनसक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरुले प्रतिपक्षको सशक्त हैसियतलाई जिवन्त राख्न सक्नुपर्ने बताए।

प्रतिक्रिया