एनआईसी एसिया बैंकमा भाखा नाघेका ऋणीलाई छुटको अवसर 

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
एनआईसी एसिया बैंकमा भाखा नाघेका ऋणीलाई छुटको अवसर 


काठमाडौं– एनआईसी एसिया बैंकले भाखा नाघेका ऋणीलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार २०८१ असार महिनाभित्रमा ऋण चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा छुट दिइने छ । २०८० चैत मसान्तमा भाखा नाघेका ऋणीहरूले यस्तो अवसर पाउने छन् ।

बैंकका अनुसार भाखा नाघेको ९१ देखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत छुट पाउने छन् भने १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत छुट पाइने छ । भाखा नाघेको अवधि ३६५ दिनभन्दा बढी भएमा ३५ प्रतिशत छुट पाउने छन् ।

देशको आर्थिक शिथिलताका कारण बैंकका ऋणीहरूमा पर्न गएको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले यस्तो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया