काठमाडौं– देशका विभिन्न आठ ठाउँमा यो वर्ष अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ । आठ ठाउँमा तापक्रमले नयाँ रेकर्ड बनाएको हो । कैलालीको टीकापुर, जुम्ला, बाराको करैयामाई, बैतडीको पाटन, सिन्धुपाल्चोकको चौतारा, भक्तपुरको चाँगुनारायण, खोटाङको दिक्तेल र सुनसरीको धरानमा यो वर्ष तापक्रमले नयाँ रेकर्ड बनाएको हो ।
जुम्लामा यही जुन १४ मा ३२ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । यसअघि जुम्लाको तापक्रम ३१.९ डिग्री सेल्सियससम्म पुगेको थियो । जुम्लामा १९९० जुन २५ मा ३१.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।
टीकापुरमा यो वर्ष मे ३० मा ४५.२ डिग्री सेल्सियस पुगेर नयाँ रेकर्ड कायम भयो । यसअघि २०१२ जुन १३ मा टीकापुरको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको थियो ।
करैयामाईमा यसअघि १९९५ मे २ मा ४२.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा यस वर्ष नयाँ रेकर्ड कायम भएको छ । विभागका अनुसार यस वर्ष अप्रिल ३० मा ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।