मिस नेपाल २०२४ का २६ फाइनलिस्ट घोषणा, स्यास वितरण (सूचीसहित) 

जयन सुब्बा मानन्धर     १९ जेठ २०८१, शनिबार
मिस नेपाल २०२४ का २६ फाइनलिस्ट घोषणा, स्यास वितरण (सूचीसहित) 


काठमाडौं– मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगी अंक प्रदान गरियो ।

‘स्यास सेरेमोनी’मा छनोट सुन्दरीले आफ्नो परिचय दिँदै प्रतियोगी नम्बरबारे जानकारी गराए । प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएका थिए ।

आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक र प्रायोजकले प्रतियोगीलाई स्यास प्रदान गरे । यसपटक पनि नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन् ।

यसपटक दैलेख, कैलाली, म्याग्दी लगायतका थलोबाट समेत सुन्दरी छनोट भएका छन् । काठमाडौं, ललितपुर, पोखरा लगायतका थलोसहित उपत्यकाबाहिरका सुन्दरीले पनि भाग लिएका छन् ।

फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन् । ११ विधामा यसपटक सहविधा संचालन हुनेछन् । मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ । यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार) 

१) शुभेच्छा कार्की

२) आश्माकुमारी केसी

३) सुमना केसी

४) निभिता चापागाईं

५) स्रिमिका मानन्धर

६) आँचल खत्री

७) ऊर्जा नेवा

८) करुणा रावत

९) अञ्जना पुन

१०) राधिका थापा

११) इभा गिरी

१२) दृष्टि थापा

१३) दिक्षा अवस्थी

१४) इरिना श्रेष्ठ

१५) ललिता शेर्बुजा मगर

 

१६) किम्ती श्रेष्ठ

१७) प्रेरभिता स्वार

१८) रोशनी दाहाल

१९) समीक्षा निरौला

 

२०) प्रसुना भुषाल

 

२१) पूजा बराल


२२) सायरा खड्का


 

२३) अम्बिका राणा


 

२४) अनिशा मल्ल

२५) श्रद्धासुमन सिलवाल

२६) सामिन कोइराला

प्रतिक्रिया