मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई (तस्बिरसहित) 

राम्रो अनलाइन     ०६ जेठ २०८१, आइतबार
मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई (तस्बिरसहित) 


काठमाडौं– यस वर्षको मिस नेपाल पिसको उपाधि विधी लम्सालले पाएकी छिन्। नर्सिङ पेशामा रहेकाहरुका व्यक्तिगत विशेषतालाई लिएर भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै नर्स लम्सालले मिस नेपाल पिस २०२४ को ताज पहिरिएकी हुन्।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतियगोगी नम्बर १९ की लाम्सालले उपाधि चुमेकी हुन्। काभ्रेपलाञ्चोककी लाम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छिन्। नर्सिङ पेशालाई सकारात्म उर्जाका साथ अगाडि बढाउने लक्ष्य लिएमी लम्साललाई हाइकिङ गर्न रुचि लाग्छ। लम्सालले प्रतियोगितामा विजेताको टाइटलसहित बेस्ट पर्सनालिटीको टाइटल पनि जितेकी छिन्।

प्रतियोगितामा अनिसा पराजुली फस्ट रनरअप भएकी छिन्। प्रतियोगी नम्बर २२ की पराजुली नयाँ ठिमी भक्तपुरकी हुन्। उनी हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन्। उनले मस्ट इन्टेलेक्च्युअलको टाइटल पनि जितेकी छिन्।

 

यसैगरी, पला रेग्मी सेकेन्ड रनरअप भएकी छिन्। सामाखुसी निवासी रेग्मी पिसिएल नर्सिङ उत्तीर्ण हुन्। उनले विनायक कलेज अफ हेल्थ साइन्सबाट नर्सिङ अध्ययन गरेकी हुन्। उनले मस्ट चार्मिङको टाइटलि पनि जितेकी छिन्।

यसैगरी, प्रतियोगितामा मोनिका थापा मगरले स्पेसल अवार्ड नर्स विथ व प्रपोज, मस्ट फोटोजेनिक र बेस्ट स्किनको टाइटल सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरीले जितेकी छिन्।

प्रतियोगितामा नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा सुवास आचार्य, डा सुजिता हिराचन, डा स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक मण्डलमा थिए। प्रतियोगीताको प्रायोजन एनक्लेक्स नेपाल हो। सशक्त महिला, सवल राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ।

प्रतिक्रिया