काठमाडौं, ४ माघ : उपत्यकाका स्थानीय तहले माघ १ गतेबाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरैजसो विद्यालय आजबाट खुलेका छन् ।
भौतिक रुपमा पठनपाठन हुने भएपछि सबैको ध्यान स्वास्थ्य सुरक्षामै छ । आफूले सुरक्षा मापदण्ड अपनाएरै विद्यालय सञ्चालन गर्ने तयारी गरेको जी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टिकाराम पुरीले बताए । कोरोना भन्दा अगाडि जुन किसिमको व्यवस्थापन थियो अब त्यसले अब हुँदैन । त्यसकारणले अब सबै विद्यार्थी ल्याएर एकै पटक पठनपाठन गर्ने परिस्थिति छैन । अहिले त्यसो गरिरहँदा कक्षा कोठाको व्यवस्थापन र फर्निचरको व्यवस्थापनमा ध्यान दिएका छौं, उनले भने, विद्यालय प्रवेशद्वारमै स्यानिटाइज गर्नेदेखि विद्यार्थीको ज्वरो नाप्ने व्यवस्थापन मिलाएका छौं । विद्यालयको बसमा पनि भौतिकदुरी कायम गर्छौं । त्यो सबै गर्न पूर्वाधार पुग्दैन भने २ सिफ्टमा पढाउने वा त्यो गर्न सकिँदैन भने आलोपालो पढाउने सोचेका छौं । विद्यालयमा नर्सदेखि आइसोलेसन बेडको व्यवस्थापन गर्ने उनले बताए ।
उनका अनुसार कक्षामा भौतिक दुरी कायम गर्न आधा विद्यार्थी राखेर पढाउने तयारी छ । पहिला ४० विद्यार्थी राखेर पढाउँथ्यौं भने अब आधा मात्र राख्न सक्छौं । दुरी कायम गर्न सबै विद्यार्थी बोलाएर राख्ने अवस्था छैन । काठमाडौंका विद्यालय कति त भाडामा छन् । त्यहाँ सबै विद्यार्थी एकै पटक आँगनमा उभिन पनि गाह्रो हुन्छ । त्यसैले विद्यार्थीको त्यो ठूलो भीड पनि हामीले कम गर्नुपर्छ, उनले भने ।
विद्यालयमा शिक्षक र विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्नेछ । आफूहरुले विद्यार्थीलाई सकेसम्म पकेट स्यानिटाइज बोक्न हौसला दिने उनी बताउँछन् । ज्वरो आएको छ भने विद्यार्थी विद्यालय आउनु भएन । यदि कक्षाको समयमा ज्वरो आयो भने आसोलेसनको व्यवस्थापन हुनुपर्यो । त्यहाँ नर्सको व्यवस्थापन गर्नु पर्यो । पहिलेको क्यान्टिनरक्याफ्टेरियाले स्वस्थकर खानेकुरा खुवाउने । विद्यालयमा तातो पानीको व्यवस्थापन गरेर पहिलाको भन्दा धेरै सजक हुनुपर्ने अवस्था देख्छु, पुरीले भने । भौतिक रुपमै विद्यालय खोल्ने भएपछि विद्यार्थी र अभिभावकमा खुशी छाएको उनको भनाई छ । भन्छन्, महिना हामीले विद्यालय बन्द गरिसक्यौं । लामो समयपछि खुलेको विद्यालयमा आफ्ना छोराछोरी पठाउन डर र चिन्ता त छ नै । तर हामी सचेत छौं ।