तीन प्रदेशका प्रमुख पदमुक्त

राम्रो अनलाइन     ३० फागुन २०८०, बुधबार
तीन प्रदेशका प्रमुख पदमुक्त

 

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेका छन् । 

यही फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार आज राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई आज पदमुक्त गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया